Madan Bhandari Hospital and Trauma Center
नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
उर्लाबारी-३, मङ्गलबारे, मोरङ, कोशी प्रदेश, नेपाल

ज्वरो आउँदा बच्चा बेहोस हुने समस्या : के गर्ने,के नगर्ने ?

प्राय ६ महिनादेखि पाँच वर्ष सम्मका बालबालिकामा ज्वरो आउँदा बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने,दिसा पिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ। जिउ काम्न बन्द भएपछि केही समय बच्चा सुस्त रहन सक्छ र बच्चा तुरुन्तै सामान्य अवस्थामा फर्किने गर्दछ। करिब ३ देखि ५ प्रतिशत बच्चाहरुमा बिशेषगरी सिम्पल फेब्राइल सिजर देखिने गरेको तथ्यांक छ। यो समस्या बारम्बार बल्झिने पनि हुन सक्छ।

फेब्राइल सिजर का लक्ष्यणहरु

  • जोरो आउदा बच्चा बेहोश हुने,
  • आखा पल्टाउने,
  • दांत किटने,
  • मुखबाट फिंज आउने,
  • हात खुट्टा काप्ने दरहो हुने।

भ्रम र यर्थाथ

  • के यो छारेरोग हो? यो छारे रोग होइन, छारे रोगमा बिना कारण सिजर आउंछ, फेब्राइल सिजर मा जोरो आउदा मात्र आउंछ ।
  • किन हुन्छ? यस्को कारण यही नै हो भन्ने छैन जोरो तिब्र गतिले बढ़दा दिमागमा असामान्य रूपले अनियंत्रित विद्युतीय गतिविधि बढ़ेर सिजर आउने हो।
  • के यो वंशानुगत रोग हो? यो वंशानुगत रोग होइन तर १० देखी २० प्रतिशत फेब्राइल सिजर भएका बच्चाको आमाबुवा र दाजुभाई दिदीबहिनीलाई यस्तै समस्या हुनेगर्छ।
  • टाउकाको सिटि स्क्यान एम आर आइ ढाडको पानीको जांच गर्नुपर्दैन तर कुनै बिशेष परिस्थितिमा गर्नुपर्नेहुन्छ (बिरलै)।
  • बच्चालाई छारेको औषधी खवाउनुपर्छ? बच्चालाई छारेको औषधी खवाउनुपर्दैन तर समस्या दोहोरीराख्ने बच्चालाई जोरो आएको बेला छोटो समयको लागी रोकथाम स्वरूप छारे रोक्ने औषधी दिने गरिन्छ।
  • एक पटक भएपछी यो दोहोरिन सक्ने सम्भावना कत्तिको छ? ४० प्रतिशत बच्चालाई दोहोरिन सक्छ।
  • कहीले सम्म ठीक हुन्छ ? ५ बर्ष पूरा भएपछी आफै सन्चो हुन्छ।
  • बच्चालाई ठुलो भएपछी छारेरोग हुने सम्भावना कत्तिको छ? १ प्रतिशत भन्दा कम।
  • यस्ता बच्चाको बौद्धिकक्षमता र पढ़ाईमा कुनै असर पर्छ? पर्दैन।

फेब्राइल सिजर आउदा के गर्ने, के नगर्ने ?

  • पहिलो कुरा आमा नआत्तीने।
  • बच्चालाई भूईं वा कड़ा सतहमा सुताउने (नरममा होइन), देब्रे कोल्टे पारेर राखने ( उत्तानो होइन), टाइट कपड़ा खोलीदिने, मुखबाट निस्केको फींज पुछीदिने।
  • मुखमा केही पनी नराखीदिने, केही पनी नख्वाउने (पानी पनी)।
  • जोरोको लागी मलद्वारबाट प्यारासिटामोल सपोजिटरी राखिदिने, सिजर रोकिए पछी मात्र पानी पट्टी लगाउने।
  • बच्चाको वरीपरी धारिलो वस्तु नराख्ने, बच्चालाई हल्लाउने, चिमोट्ने, कुनै वस्तु सुंघाउने जस्ता काम नगर्ने।
  • याद राख्नुस, फेब्राइल सिजर को धेरै जसो अट्याक ५ मिनट मैं बन्द हुन्छ, बच्चालाई पुरा होसमा आउन केही समय लाग्छ।

(डा.निश्चल संजीवनीको फेसबुक वालबाट साभार)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top